५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आज घोडेजात्रा : पाटनमा पनि कानो घोडा दौडाएर मनाइदै



काठमाडौँ
आज चैत्र कृष्ण औँसी अर्थात् घोडेजात्रा पर्व मनाउने दिन । काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।
राजधानीको टुडिखेलमा सैनिक कवाजका साथ घोडेजात्रा पर्व मनाइन्छ । साथै ललितपुरको पाटनमा समेत जनस्तरबाट यो पर्व मनाउने चलन छ ।
आजकै दिन ललितपुरको मंगलबजार एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।
घोडेजात्रा पर्वमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत विशिष्ट व्यक्तीहरु समेत सहभागी भएर अवलोकन गर्दछन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ६ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।