१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जिपबाट खसेर एकको मृत्यु



अमरगढी (डडेल्धुरा)
अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेकी प्रहरीले जनाएको छ ।
आज दिउँसो जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से१ज ७३९ नंको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी भूलको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिएका छन् ।
जिपसहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।