१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पोखरामा कोटिहोम आयोजनाका लागि मध्यमार्गी बाटो खोजिदै



पोखरामा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालनका लागि मध्यमार्गी बाटो खोजी सुरु भएको छ ।
सोमबार महानगरको कार्यालयमा जिल्ला प्रशासन कार्यालय कास्कीको विशेष पहलमा महानगरपालिका,कोटिहोम आयोजक मानव सेवा फाउण्डेसन र जिल्ला प्रशानस कार्यालय कास्की विच छलफल भएको हो ।
सोमबारको बैठकपछि पोखरामा हुन लागेको उक्त कोटिहोम महायज्ञ सबै मिले सफल पार्ने निर्णय भएको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले बैठकपछि जानकारी दिएका छन् ।
त्यस्तै मंगलबार बिहान पोखरा महानगरपालिकाको ४३ औं कार्यापालिकाको बैठक बसी ५ सदस्यि विबाद समाधान समिति घोषणा गरेर उक्त समितिले कुन ठाउमा कोटिहोम महायज्ञ सञ्चालन गर्दा उपयुक्त हुन्छ भन्ने बारे निचोड निकाल्ले निर्णय भएको छ ।
गत शुक्रबार भूमिपूजन रोक्न पुगेको नगरप्रहरी र आयोजकबीच भिडन्त भएको थियो भने दुबैतर्फका ११ जना घाइते भएका थिए। विवाद बढ्दै गएपछि कोटीहोम आयोजक र महानगरबीच मध्यमार्गी बाटो खोज्ने क्रममा सोमबार यो सहमति जुटेको बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।