१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अपहरणमा परेकी बालिकाको उद्धार



रामधुनी (सुनसरी)
सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट अपहरणमा परेकी सात वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी ती बालिकाको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन् ।
खेलिरहेकी बालिकालाई अपरिचित व्यक्तिले सफारी रिक्सामा चढाएर अपहरण गरी लगेको सूचना पाएपछि प्रहरी खोजी गर्दा कोसी गाउँपालिका–८ कोसी ब्यारेज नजिकबाट उद्धार गरिएको उनले बताएका छन् ।

अपहरण गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जीतेन्द्र साह (हलुवाई) लाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।