५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नियमित काममा फर्किए महानगर प्रशासकीय अधिकृत, कर्मचारीको तलब निकासा प्रक्रिया सुरू



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज सहजरुपमा कार्यालय प्रवेश गरेका छन् । शुक्रबार नियमित काममा लागि कार्यालय पुगेका उनी कार्यालय जाँदा कुनै अवरोध सृजना भएको थिएन।

शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् । महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका हुन् ।

यस्तै महानगरमा भइरहेको कामहरू बुझ्न विभागीय प्रमुखहरूसँग बैठक बसेको पनि गरागाईँले जानकारी दिएका छन् ।

बिहीबार उपमेयर सुनिता डंगोलसहित वडाध्यक्ष र कर्मचारीहरूको सहयोगमा गुरागाईं नगर प्रहरीको अवरोधलाई छिचोलेर कार्यकक्ष प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  २ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।