चलचित्र ‘वसन्त’को आजबाट प्रर्दशन सुरु भएको छ ।
हरेक शुक्रबार नयाँ चलचित्र प्रर्दशन सुरु हुने परम्परालाई पछ्याउदै देशभरका चलचित्र भवनहरुमा चलचित्र ‘वसन्त’ प्रर्दशन सुरु भएको हो ।

नेपाली साँगेतिक क्षेत्रका सफल गायक प्रकाश सपुतको निर्देशनमा बनेको चलचित्र ‘वसन्त’मा उनी मुख्य कलाकारको रुपमा समेत देखिएका छन् ।
चलचित्रमा उनीसहित अभिनेत्री स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतको अभिनय हेर्न सकिन्छ । ्
समाजमा व्याप्त रहेको जातीय विभेदको कथालाई चलचित्र ‘वसन्त’मार्फत उठाएको प्रचार सामाग्रीहरुबाट बुझ्न सकिन्छ ।

गायक सपुतले अभिनय गरेको चलचित्र पूर्ण बहादुरको सारंगी यसअघि वक्स अफिसमा सुपरहिट सावित भएको थियो ।
चलचित्र ‘वसन्त’ले देशभरका हलमा तीन सयभन्दा बढी शो पाएको कारण चलचित्रको व्यापार राम्रो हुने समिक्षकहरुले आकलन गरेका छन्। यद्यपी चलचित्रको टिकट बुकिङ भने उत्सािहप्रद देखिएको छैन ।

चलचित्र प्रर्दशनको पुर्वसन्ध्यामा निर्देशक तथा अभिनेता सपुतले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफूलार्ई ठूलो भारी बोकेको जस्तो महसुस भएको, खुट्टा कामेका, मन आत्तिएको छ र आँत सुकेको बताएका छन् ।
यस अघि हरेक चलचित्र र गीतमा सफलता प्राप्त गरेका कारण उनको चलचित्रमा खास केही रहेको बुझ्न गाह्रो पर्दैन ।








प्रतिक्रिया