१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजधानीको बल्खुमा राजाबादीको प्रदर्शन



ललितपुर
राजधानीको बल्खुआसपास राजावादीहरुले आज प्रर्दशन गर्ने भएका छन् ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा गर्ने भएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज विहान ११ बजे राजधानीमा जुलुस सुरु हुनेछ भने १२ बजेदेखि सभा सुरु गर्ने कार्यक्रम रहेको छ ।
विहान कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस अघि बढ्ने कार्यक्रम राखिएको छ ।
कार्यक्रमलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
अध्यक्ष लिङ्देन सोमबार बेलुकी सभास्थल बल्खु पुगेर स्थलगत अनुगमन समेत गरेका थिए ।

कार्यक्रमका लागि राजधानी वरपरका नेता तथा कार्यकर्ता भेला गर्ने तयारी गरिएको छ ।
पार्टी प्रवक्ता श्रेष्ठका अनुसार आजको सभा शान्तिपूर्ण र मर्यादित बनाउनं स्वयंसेवक परिचालित हुनेछन् ।

सभामा घुसपैठ हुनसक्ने भन्दै राजावादीहरुले स्वयम्सेवक परिचालन गर्न लागेका हुन् । घुसपैठको शंका लागे पक्राउ गरेर प्रहरीलाई बुझाउने तयारी छ ।
ग्तचैत्र १५ गते राजधानकिो तीनकुनेमा आयोजित प्रदृशन हिंसात्मक बनेपछि सरकारले यो प्रर्दशनलाई उच्च सुरक्षा निगरानीका साथ हेरेको छ ।
राजधानीमा प्रर्दशन हुने भएपछि ट्राफिक प्रहरीलाई चुनौती थपिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।