१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजेन्द्र लिङ्देन भन्छन्,‘राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्र बनाउन विद्रोहको बाटो हिँड्न तयार छौं ’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र बनाउनका लागि आफूहरू विद्रोहको बाटो हिँड्न पनि तयार रहेको बताएका छन्। राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले सरकारले चाहे आफूहरू विद्रोहको बाटो हिँड्ने बताए।

उनले माओवादी जनयुद्धको स्मरण गर्दै सरकारलाई त्यसखालका द्वन्द्व स्वीकार हो भनेर प्रश्न गरेका थिए। ‘माओवादीको जनयुद्ध तपाईंहरु सबैलाई थाहा छ। एउटा भरुवा बन्दुक बोकेर सुरु गरेको माओवादीले कांग्रेस, एमालेलाई के गरेको थियो? स्मरण गर्नुस्। अनि अझै हामी जंगल पसोस् भनेर चाहनुहुन्छ?,’ उनले प्रश्न गरे।

उनले तीनकुनेको हिंसा राज्यले नै भड्काएको आरोप लगाए। त्यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख दीपक थापा जिम्मेवार छन्। उनले अहिलेको प्रहरी प्रमुख एमालेको भातृसंस्था युवा संघको सहअध्यक्ष रहेको आरोपसमेत लगाए।

उनले राजा आउँछ भन्नेहरूको पनि यो देश भएको बताएका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।