३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राप्रपालाई बालेनले दिए धन्यवाद, भने – जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्।

उनले कसैले फोहोर गर्छन् र जरिबाना तिराउँला भनेर महानगर नबसेको बताएका छन्। मङ्गलबार (आज) राप्रपाले काठमाडौंको बल्खुमा खबरदारीसभा गरेको थियो। सभा सकिएपछि उसले आफैँले सफा गर्‍यो। यसपछि मेयर शाहले धन्यवाद भनेका हुन्।

‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ,’ मेयर शाहले फेसबूकमा लेखेका छन्।

यसअघि आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर शाहलाई हिरो भएर पत्र नकाट्न सुझाएका थिए। महानगरले यसअघि पनि राप्रपालाई एक लाख जरिबाना तिराएको थियो।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।