११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना, ११ जना घाइते



काठमाडौं । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौँबाट उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस बिहीबार बिहान रोशी गाउँपालिका-९ दाउन्नेस्थित बीपी राजमार्गमा दुर्घटना भएको हो ।

प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ ।

बस चिप्लिएर खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।