३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्न नपाउने



काठमाडौं । अबदेखि ट्राफिक चेकिङको क्रममा ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्न नपाउने भएको छ । उच्च अदालत पाटनले कानूनले तोकेको बाहेक अवस्थामा गैरकानुनी भएको ठहर गर्दै यस्तो कार्य नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो।

पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ । व्यक्तिगत सम्पत्ति र दुख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेशमा भनेको छ ।

विवेक चौधरीले कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर भएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान छ र दफा १६० मा दण्ड सजायको प्रावधान रहे पनि जथाभाबी गरेको निवेदनमा उल्लेख छ ।

यस्तो कार्यले नेपालको संविधानको धारा १७ मा प्रत्याभूत गरिएको स्वतन्त्रताको हकको समेत उल्लङ्घन हुन जानेछ भन्दै कानुन अनुसार मात्र गर्न निर्देशनात्मक आदेश दिएको छ ।

ज्ञमा याचना सहित भूल सुधार गरिएको सन्दर्भमा
प्रस्तुत समाचारमा आदेशमा ‘कानूनले तोकेको बाहेक अवस्थामा’ चाबी खोस्न नपाउने हुनु पर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।
कानून व्यवस्था बाहेकको अवस्थामा परमादेश जारी गरिएकोले समाचार बनाएर प्रकाशन गरिएको प्रष्ट पार्दै केही फरक पर्न गएकोले क्षमा याचना सहित भूल सुधार गरिएको छ ।
धन्यवाद
सम्पादक

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।