१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वीरगञ्जमा दुई समुदायबीच झडप, आइतबार १२ बजेसम्मका लागि कर्फ्यू आदेश



काठमाडौं । पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि कर्फ्यू लगाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः३० बजेदेखि भोलि बिहान १२ बजेसम्मलाई कर्फ्यू आदेश भएको हो।

वीरगञ्जमा चार किल्ला तोकि कर्फ्यू आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जस अनुसार पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकसम्म कर्फ्यू लाग्नेछ। कर्फ्यू आदेश भएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ।

 

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ८ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।