२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाँचखालमा टिपरको ठक्करपछि चार बर्षिया वालिकाको निधन



काभ्रे

काभैको पाँचखालमा टिपरको ठक्करपछि चार बर्षिया वालिकाको निधन भएको छ ।

प्रहरीका अनुसार पाँचखालमा पैदल यात्रा गरिरहेकी शक्ति परियारकी छोरी ४ वर्षीया आरिका परियारलाई ठक्कर दिएपछि मंगलबार दिउँसो निधन भएको हो ।

पाँचखाल नगरपालिका–३ चापेपिपलबोटस्थित सडकमा बा.प्र.०१–००४ क १८४५ नम्बरको टिपरको उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा थप उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।