३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हल्चोक क्षेत्रका १० देवगणको सहभागितामा इन्दुजात्रा मनाइयो



काठमाडौं । इन्दुजात्राको अवसरमा हल्चोक क्षेत्रका १० देवगणको सहभागितामा इन्दुजात्रा मनाइएको छ। १२ वर्षमा एकपटक मनाइने उक्त जात्रा योपटक केलटोल परिसरमा सम्पन्न गरिएको छ।

यस विशेष अवसरमा मच्छिन्द्र क्लबको प्रमुख आयोजनामा प्रदीप्त पुस्तकालय र केलटोल नारेश्वर डबली व्यवस्थापन समितिको संयुक्त सहकार्यमा जात्रालाई सफल बनाइएको हो। स्थानीय बासिन्दाको व्यापक सहभागिता, सांस्कृतिक झाँकी, बाजागाजाको धुनले जात्रा ऐतिहासिक बनेको थियो।

जात्रामा चण्डी, कुमारी, हल्चोक भैरव, गंगा, महादेव, पार्वती, आकाशदेवी, वाराही, महाकाली र दक्षिणकाली गरी जम्मा १० देवगणको भव्य नाचगान प्रस्तुत गरिएको थियो। देवगणहरूको स्वागतमा सुकुन्दा, धुप, दीप, लावा-अविर र फूलहरूसँग भव्य स्वागत गरिएको थियो।

नाच प्रदर्शन पश्चात देवगणहरूलाई विशेष पूजाआजा गर्दै टोलवासी तथा श्रद्धालु भक्तजनले दर्शन गरेका थिए। समेबजी प्रसाद वितरण, आर्थिक सहयोग संकलन र पञ्चबलिपछि देवगणलाई पुनः बाजागाजा सहित निवासतर्फ बिदाइ गरिएको थियो।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।