३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आन्दोलनरत शिक्षकहरूलाई पुनः संवादका लागि सरकारको आग्रह



काठमाडौं । लामो समयदेखि राजधानीका सडकमा आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि छलफलमा बस्न आह्वान गरेको छ। चैत २० गतेदेखि आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनरत शिक्षकहरूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका हुन्।

दुई दिनअघि मात्र पदभार ग्रहण गरेका मन्त्री पन्तले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिलाई सरकारको तर्फबाट वार्तामा सहभागी हुन अनुरोध गरेका छन्।

‘प्रस्तावित विधेयक कानूनी प्रक्रिया अन्तर्गत संसदमा प्रस्तुत भई छलफल तथा स्वीकृति हुने प्रक्रिया स्पष्ट छ र यसबारे सबैलाई जानकारी पनि छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले विगतमा जस्तै संवाद र परामर्शमार्फत साझा समाधान खोज्न हामी तयार छौं।’

शिक्षामन्त्रीले आन्दोलनरत पक्षसँग चाँडै छलफल गरेर समस्याको समाधान खोज्ने सरकारको तयारी रहेको उल्लेख गर्दै सहमतिको बाटोमा अघि बढ्न शिक्षकहरूलाई वार्तामा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।