८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


संस्कार नहुँदासम्म, मलाई छुन नआउनुः सुरक्षा पन्त



काठमाडौं । टिभी अन्तर्वार्तामा बोलेकै आधारमा अभिनेत्री सुरक्षा पन्त यतिबेला सामाजिक संजालमा ट्रोल बनिरहेकी छन् । अन्तर्वार्ताको क्रममा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र ह्यान्डसम् रहेको र फिल्म खेल्न उपयुक्त हुने अभिव्यक्ति दिएपछि पन्तमाथि राजावादीहरू गालीगलौजमा उत्रिएका छन् ।

शनिबार बेलुका सुरक्षाले आफूलाई गालीगलौज गर्नेलाई जवाफ दिँदै फेसबुकमा कविता सेयर गरेकी छन् । यस्तो छ सुरक्षाको कविता :

समर्पित

मेरो रजस्वला भैरहेको छ
मलाई अहिले छुन नआउनु !

पहिलो दिन अलि विचार हुन्छ,
दोस्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाचौं दिनमा तुच्छ ! तुच्छ ! आकार..
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ११ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।