१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीले आमा सम्झदै भने, ‘चार वर्षको आमाको न्यानो काख गुमाए’



ललितपुर
आमा स्मृती दिवस मातातिर्थ औंसीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी आमा सम्झेका छन् ।
सामाजिक सञ्जालमा खेख्दै प्रधानमन्त्री ओलीले आफ्नो सम्झनामा आमो सम्झना समेत नभएको उल्येख गद चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएको दुखद क्षणको स्मरण गरेका छन् । लेख्छन्, ‘आमाको मुहार धमिलो सम्झनामा आइरहेछ ।’
प्रधानमन्त्री ओलीले यस मातातिर्थ औंसीको अवसरमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको भनाई जस्ताको त्यस्तै ः
मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो।
आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ।
यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु।
आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्।
शुभकामना!

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।