८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘माग्ने बुढा’ले आफ्नै छोरा आशिषलाई गरे सम्मान



ललितखबर
नेपाली चलचित्रका चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाले आफ्नो छोरा तथा कलाकार आशिष घिमिरेलाई सम्मान गरेका छन् ।
राजधानीको नयाँ सडकस्थित एक चलचित्र भवनमा ‘होस्टेल ३’ निरन्तर ५१ दिनसम्म चल्न सफल भएको अवसर पारेर आयोजित कार्यक्रममा विशेष अतिथीको रुपमा सहभागी केदार घिमिरे ‘माग्ने बुढा’ले चलचित्रका कलाकारलाई सम्मान गर्ने क्रममा आशिष घिमिरेलाई सम्मान गरेका हुन् ।


सम्मान कार्यक्रममा वावुको हातबाट सम्मान ग्रहण गर्ने क्रममा आशिषले खुट्टा ढोगेका थिए । वावुको हातबाट सम्मान पत्र लिइरहेको बेला भावुक देखिन्थे ।
सम्मानपछि केदार घिमिरेले छोरालगायत कलाकारहरुलाई सम्मान गर्न पाउदा खुशी लागेको बताएका थिए । उनले नयाँ कलाकारहरु सामेल भएको चलचित्र निरन्तर ५१ औं दिनसम्म प्रर्दशन हुनु खुशीको कुरा भएको बताएका थिए ।
सम्मान कार्यक्रमपछि पत्रकारहरुसँग प्रतिकृया दिने क्रममा आशिष घिमिरेले आफ्नो वावुको हातबाट सफलताको सम्मान लिन पाउँदा साँच्चै केही राम्रो काम गर्न सकेको अनुभव भएको बताए । भने, ‘सम्मान लिइरहदा निशव्द थिए । उहाँको हातबाट सम्मान पाउछु भनेर सोचेकै थिइन ।


चलचित्रमा विशेष भूमिकामा समेत रहेको केदार घिमिरेलाई पनि सम्मा गरिएको थियो ।
कार्यक्रममा कलाकारहरु पारसविक्रम ठकुरी ‘कुलव्याई’,सिम्रन पन्त, हेना नगरकोटीलगायत कलाकार र प्राविधिकलगायत चलचित्र निर्माणमा योगदान दिनेहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकार समेत रहैकी आशिषकी आमा सितादेवि घिमिरे समेत सहभागी थिइन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।