२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथ पुनः अवरुद्ध



काठमाडौं । काठमाडौं र हेटौंडा जोड्ने कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सनमा राखिएको ह्युमपाइप बाढीले बगाएपछि बाटो अवरुद्ध भएको हो ।

गत असोजको १० र ११ गते आएको भारी वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएको थियो । डाइभर्सन निर्माण गरेर दुई सातापछि यातायात सञ्चालन थालिएको थियो । शनिबार रातिदेखि अविरल परेको वर्षाले डाइभर्सन बगाएको हो ।

बिहान बाटो खुलाउन प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले डाइभर्सन ममर्त गरेपछि केही समय यातायात खुलेको थियो । तर, बाढीले डाइभर्सन पुनः बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।

डाइभर्सन बनाउन प्रयोग गरिएको ह्युमपाइपसमेत बाढीले बगाएकाले सवारीसाधन आवतजावतामा पूर्ण रूपमा समस्या भएको छ । डाइभर्सन मर्मत गर्न समय लाग्ने भन्दै सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएकाे छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।