५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नाच्नै नजान्ने दयाहाङ राई भन्छन्, ‘आँगन टेडो छ’



प्रयास नगरेको होइन । मेरो सरिरको जिउडाल नै नृत्य गर्न नमिल्ने किसिमको छ । खुट्टा र हातको ताल नै मिल्दैन

 

ललितखबर
पछिल्लो समय नेपाल चलचित्रको सुपरस्टार कोही छ भने दायाहाङ राई हुन् । उनी आजको पुस्ताले धेरै रुचाइएको कलाकारमा गनिन्छन् । धेरै निर्माताहरुलाई दयाहाङ राईको अनुहार चलचित्रमा राखे राम्रो व्यापार हुन्छ भन्ने लाग्छ, शायद । गतब वर्ष मात्रै उनको दश वटा चलचित्रमा प्रर्दशन भयो ।
उनले नेपाली चलचित्र क्षेत्रमा काम गरेको नै १३ बर्ष भएछ । चलचित्र क्षेत्रमा यो उचाई पाएको कलाकार दायाहाङ राईले राजधानीमा आयोजित चलचित्र महाभोजको गीत ‘लालुमै’ सार्वजनिक कार्यक्रममै नाच्न लाग्दा आँगन टेडो हुने भन्दै आफैले आफ्नो खिल्ली उडाए ।
लामो समयसम्म चलचित्र क्षेत्रमा राज गरेको सबैले मानेको दिग्गज कलाकारले एक महिना छुट्टी लिएर नृत्य किन सिक्नु भएन ? भन्दै एक पत्रकारले प्रश्न तेर्साए । तर दयाहाङले आफूबाट नृत्य हुनै नसक्ने जिकिर गरे । भने, ‘प्रयास नगरेको होइन । मेरो सरिरको जिउडाल नै नृत्य गर्न नमिल्ने किसिमको छ । खुट्टा र हातको ताल नै मिल्दैन ।’

 

अर्का अभिनेता खगेन्द्र लामिछाने पनि नाच्न नजान्ने रहेछन् । अभिनेता लामिछानेले सार्वजनिक गीत ‘लालुमै’ मा आफू नाचेको नभई हिडेको प्रतिकृया दिए । भने,

‘चलचित्रका नृत्यनिर्देशक (कोरियोग्राफर) सुनिल क्षेत्रीले हामीलाई जसोतसो नचाउनु भएको छ ।’

 

नृत्य निर्देशकले शैली हेरेर नृत्य गराउने भए राम्रो हुन्छ

 

अर्का अभिनेता आर्यन सिग्देल पनि आफू नाच्न नजाने खुलासा गरे । चलचित्रका अभिनेता निश्चल बस्नेत भएका कारण चलचित्रको गीत राम्रो बनेको उनको प्रतिकृया थियो ।

दयाहाङको नृत्यको शैली हेरेर नचाउने हो भने राम्रो नाच्नसक्ने निर्देशक निश्चल बस्नेतले टिप्पणी गरे । भने, ‘नृत्य निर्देशकले शैली हेरेर नृत्य गराउने भए राम्रो हुन्छ ।’

चलचित्रमा गीत समेत गाएका बस्नेतले आफूलाई साथीभाईले राम्रो नाच्ने भनेर फर्काउने गरेको बताए । भने, ‘सबैले राम्रो नाच्छस् भन्छन् ।’
चलचित्र महाभोज यही जेठ १५ गते संविधान दिससको अवसर पारेर प्रर्दशनको तयारीमा छ ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय हेर्न पाइन्छ । सहकारी समस्यालाई विषयबस्तु बनाएर चलचित्र निर्माण गरिएको सार्वजनिक टिरबाट बुझ्न सकिन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।