१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


केआईआईटी विश्वविद्यालयमा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सभामुखको रुलिङ



काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले किट कलेजमा नेपाली छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसदहरूले आकस्मिक समयमा उठाएको विषयले आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख घिमिरेले भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश दिए।

उनले भने,‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु।’

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।