५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चार व्यापारिक फर्मलाई ६ लाख बढी जरिवाना



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ । वस्तुमा मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि सो जरिवाना गरिएको विभागको भनाइ छ ।

विभागका निरीक्षण अधिकृत अमितकुमार झाकाअनुसार टौदह स्थित जेजे एक्जिम प्राइभेट लिमिटेडले ड्राइफ्रुट लगायतका खाद्य वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ ।

यस्तै वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेको पाइएपछि स्वयम्भूस्थित मणिक गंगा इन्टरप्राइजेजलाई पनि २ लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।

साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ । सोही कसुरमा धम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि (अटोपार्ट्स) लाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

साथै मदिरा एवम् सुर्तीजन्य पसल श्रीपा स्टोरलाई सहयोग नगरेको भन्दै १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । आइतबार विभागको निरीक्षण टोलीले ९ वटा व्यापारिक फर्ममा अनुगमन गरी कारबाहीको दायरामा ल्याएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।