२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तीनकुनेमा बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दियो, ललितपुरकी युवतीको मृत्यु, ३ घाइते



ललित खबर

काठमाडौं । काठमाडौं तीनकुनेमा बसले दुईवटा सवारी साधनलाई ठक्कर दिएको छ । ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बिहीबार बिहान करिब साढे ६ बजे काठमाडौं महानगरपालिका– ३२ तिनकुनेस्थित मुनिभैरबमा बसले मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोलम्बा गाउँपालिका– ३ घरभइ काठमाडौँको नयाँबजार बस्ने २७ वर्षीय पदम थापा मगर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ।

बसको ठक्करबाट भ्यानका चालक काभ्रेको मण्डनदेवपुर नगरपालिका– १ घर भइ हाल काठमाडौँ महानगरपालिका– ३१ शान्तिनगर बस्ने वर्ष ३५ का रत्नबहादुर सार्की र बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएकी छन्।

कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र ०१–०२६ च २९२७ को इको मारुती भ्यान र बा.प्र.०२–०५३ प ३८४७ नम्बरको पल्सर मोसालाई ठक्कर दिदाँ दुर्घटना भएको हो।

दुर्घटनापछि प्रहरीले बस चालक इलामको सूर्योदय नगरपालिका– ५ घर भइ काठमाडौँको काँडाघारी बस्ने ५९ वर्षीय राम कुमार खड्का र भ्यान चालक काभ्रेको मण्डन देवपुर नगरपालिका– १ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय रत्न बहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।