८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा



काठमाडौं । राजावादीहरुले अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् । बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज पत्रकार सम्मेलन गर्दै आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको हो ।

घोषणासभामा बोल्दै सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।