३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको दुखद निधन



गाईघाट, उदयपुर
पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको निधन भएको छ । आज गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको निधन भएको हो ।

प्रदेश २ –०१–००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा आज बिहान कामविशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिएका छन् ।

दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उहाँका १४ वर्षीया छोरी घाइते हुनुभएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।