ललितखबर
टेलिचलचित्रमार्फत दर्शकमाझ चर्चित कलाकार सिरु विष्ट एकल जीवन विताइरहेको तथ्य सार्वजनिक भएको छ । करिव २५ वर्ष अघि १५ बर्षको उमेरमा भागी विवाह गरेकी कलाकार विष्टले एक पोडकाष्टमार्फत आफू श्रीमान्सँग सम्बन्धमा नरहेको बताएकी छिन् ।
पछिल्लो समय अधिकांश कलाकारहरुको वैवाहिक जीवन संकटमा पर्दै गइरहेको सन्दर्भमा विष्ट आफैले श्रीमानसँग सम्बन्ध अन्त्य गरेको जानकारी दिएकी हुन् । उनले औपचारिक सम्बन्ध विच्छेद नगरेपनि लामो समयदेखि छोरासँगै छुट्टै बसिरहेको बताइकी हुन् ।
उनले श्रीमानले शारिरीक र मानसिक धेरै दुःख दिएको बताइन् । भनिन्, ‘मलाई मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरियो । हातमा घाउ नै घाउ लिएर चलचित्र छायाँकनमा गएको छु । मैले कलाकार दिपाश्री निरौलालाई सबै दुःख पोखेकी छु ।’
उनले छोराको मुख हेरेर दोश्रो विवाह नगरेको बताएकी छिन् । उनका श्रीमानले भने दुई तीन वटा विवाह गरिसकेको भन्दै अंश समेत नलिएको उल्येख गरेकी छिन् । उनले पछिल्लो समय आफ्नो नामको पछाडि श्रीमानको थर राखिरहेको बताइन् । उनलाई श्रीमानको परिवारले अहिलेसम्म पनि सम्मान गर्ने गरेको बताइन् ।
उनले २०७६ सालतिर आफू गम्भिर विरामी परेको र पछिल्लो समय मानसिक उपचार गरिरहेको बताइन् । सन्तोष पन्तको टेलिश्रृखला हिजो आजका कुरामार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेकी विष्टले चलचित्रहरुमा समेत अभिनय गरिरहेकी छिन् ।
प्रतिक्रिया