२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको एक होटलमा डरत्रास देखाएर लुटपाट, ८ जना पक्राउ



काठमाडौं । काठमाडौंको एक होटलमा डरत्रास देखाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुरको गैंडाकोट नगरपालिका-२ का २४ वर्षीय अनिष केसी, चितवन भरतपुर महानगरपालिका-१८ का अतित क्षेत्री, भरतपुर महानगरपालिका-११ का २४ वर्षीय सन्दीप विक, नवलपुर दिपचुली नगरपालिका-१६ का २३ वर्षीय सन्दीप परियार छन् ।

यसैगरी पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका-११ का २५ वर्षीय दिप्सन भनिने विवेक मल्ल ठकुरी, चितवन भरतपुर महानगरपालिका-१० का २२ वर्षीय बादल तामाङ, लमजुङ उदीपुर नगरपालिका-२ की १९ वर्षीय सक्रिय खनिया र सुनसरी धरान उपमहानगरपालिका-१७ की २४ वर्षीया कविता राई छन् ।

प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूले काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित ‘होटल मेन्स’ मा प्रवेश गरी पीडितहरूलाई धम्क्याएर लुटपाट गर्ने गरेका थिए ।

उनीहरूले पीडितहरूसँग नगद भए नगद नै लुटपाट गर्ने र नगद नभए डरत्रास देखाउँदै बैंक खाता तथा इसेवामार्फत रकम पठाउन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले होटलमा आउने व्यक्तिहरूसँग डरत्रास देखाएर ३ लाख ६३ हजार रुपैयाँ लुटपा६ गरेको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिएका व्यक्तिहरूबाट विभिन्न कम्पनीका ९ थान मोबाइल, बागमती प्रदेश ०२-०५३ प ९८७८ नम्बरको मोटरसाइकल र नगद ५२ हजार रुपैयाँ बरामद भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।