१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं मलअगाडि दुई वटा मोटरसाइकल ठोक्किँयो, एकको मृत्यु, दुई गम्भीर घाइते



काठमाडौं । काठमाडौंको सुन्धारास्थित काठमाडौं मलअगाडि सोमबार बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बा.३४ प ४३२० नम्बर र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार अर्का एक जना व्यक्ति पनि गम्भीर घाइते भएका छन् । उनी ट्रमा सेन्टरमै उपचाररत छन् । अर्का मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।