१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलमा केटी साथीको कोठामा गएका युवक मृत फेला



केटीको कोठामा गएको केही समयपछि युवक बेहोस भएको जानकारीमा आएको छ, उनी बेहोस भएपछि केटी साथीले नै किस्ट अस्पताल लगेकी थिइन् । उपचारका क्रममा चिकित्सकले आज मंगलबार बिहान ७ः३० बजे युवकलाई मृत घोषणा गरेका छन् ।’

ललितपुर । ललितपुर इमाडोलमा भाडामा बस्दै आएकी केटी साथीको कोठामा गएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इमाडोलका ३१ वर्षीय जीवेश अधिकारी छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, सोमबार राति ती युवक केटीको कोठामा गएका थिए । ‘केटीको कोठामा गएको केही समयपछि युवक बेहोस भएको जानकारीमा आएको छ, उनी बेहोस भएपछि केटी साथीले नै किस्ट अस्पताल लगेकी थिइन् । उपचारका क्रममा चिकित्सकले आज मंगलबार बिहान ७ः३० बजे युवकलाई मृत घोषणा गरेका छन् ।’

२२ वर्षीया ती युवतीको घर काभ्रे हो ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।