ललितपुरको सानेपामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा युवकको निधन भएको छ ।
ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका २ सानेपा बल्खु पुल नजिक को .१ ख ७४३७ नम्बरको ट्रकले बा.४८ प ४५८० नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा परेर मोटरसाइकल चालक काठमाडौं कलंकी बाफल बस्ने रामेछाप घर भएका १८ वर्षीय राजन राना मगरको निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी उपचार सुरु गरेको छ
।
प्रतिक्रिया