४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतद्वारा नगर प्रहरी प्रमुख पाण्डेसँग स्पष्टीकरण माग



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निमित्त नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। केही दिनअघि कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा उनलाई स्पष्टीकरण मागिएको हो।

महानगरका अनुसार, पाण्डेलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। गत २१ चैतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई मेयर बालेन्द्र साहको अप्रत्यक्ष असहयोगका बीच महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गर्न बाध्य पारिएको थियो। सो दिन नगर प्रहरीले पाण्डेकै नेतृत्वमा उनलाई रोक्न खोजेको थियो।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ४ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।