२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


सगरमाथा आरोहण गर्नेको भीड बढ्यो, तीनसय ९५ जनाले गरे आरोहण



काठमाडौँ
वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३ सय ९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने ९रोप फिक्सिङ० टोलीका सात जना छन् ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३ सय ८२ पुरुषसहित ४ सय ६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । सगरमाथासहित २७ हिमालमा यस यामका लागि १ सय २७ समूहका एक हजार १ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् ।

यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।