काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा भागेका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् ।
फरार हुनेमा २४ वर्षीय निशान परियार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
प्रतिक्रिया