९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


महानायक राजेश हमालको चलचित्र ‘नरसिंह अवतार’ लाई क्युएफएसको भेदभाव



काठमाडौं । नेपाली चलचित्र ‘नरसिंह अवतार’ लाई क्युएफएसले भेदभाव गरेको छ । ८ वर्षपछि पुनः चलचित्रमा कमब्याक भएका महानायक राजेश हमाल अभिनित फिल्म ‘नरसिंहाः अवतार’लाई देशकै ठूलो चेन भनिने क्यूएफएक्सको घेराबन्दी देखिएको हो ।

एप्पल इन्टरटेन्मेन्टले आफैले वितरण गर्न लागेको नेपाली फिल्मलाई हेपाहा शैली देखाएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई देशकै ठूलो क्यूएफएक्स चेनले आफैले वितरण गरेको फिल्मलाई पाखा लगाउने दौडमा छ ।

शोज कम मात्र होइन अल्टर पनि दिइएको छ । बिहानको ७ः४५ मा शोज दिएर सोही हलमा सवा ३ मात्र शो दिइएको छ ।
त्यसपछि हलमा बेलुकीको कुनै पनि शोज छैन ।

ललितपुरको लाबिममा बिहान ९ः४५ मा शोज दिएर बेलुकी ७ बजे शोज दिइएको छ । शोज वितरणमा क्यूएफएक्सको मनपरीतन्त्र सिभिल मलमा पनि देखिन्छ । बिहानी साढे ८, पौने बाह्रमा शोज दिएर साढे २ बजे दिइएको छ । त्यसपछि यो हलमा ‘नरसिंहाः अवतार’को कुनै पनि शोज छैन ।

शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकाररुको अभिनय छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बुधबार  ३ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।