९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘के घर के डेरा : घर नं २’ लाई पनि दर्शकहरुको साथ



 

काठमाडौं
लामो समय नेपाली चलचित्र भवनहरुमा दर्शकको अभाव थियो । केही चलचित्रलाई छोडेर चलचित्र हेर्ने दर्शक हलहरुमा अभाव थियो ।
पछिल्लो सातामा अन्य चलचित्रहरुमा जस्तै चलचित्र ‘के घर के डेरा : घर नं २’ लाई पनि दर्शकको साथ मिलेको छ । शुक्रबारबाट यो चलचित्र दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

पहिलो हप्ताभन्दा दोस्रो हप्तामा ‘के घर के डेरा ः घर नं २’लाई दर्शकको उच्च साथ मिलेको निर्माण पक्षले जानकारी दिएको छ । हिजो शुक्रबार अधिकांश विभिन्न चलचित्र भवनमा लागेको शो हाउसफुल भएका थिए । आज पनि अधिकांश शोमा अकुपेन्सी उच्च निर्माण पक्षको दाबी छ ।

“आज पनि अहिलेसम्म अग्रिम बुकिङबाटै अकुपेन्सी उच्च देखिएको छ । डोरसेलसहित गरेर अधिकांश शो हाउसफुल भइरहेका छन्,” वितरक करण श्रेष्ठले भने ।

सकारात्मक वर्ड अफ माउथका कारण दर्शकको संख्या बढेको निर्माणपक्षले बताएको छ । दर्शकले ‘के घर के डेरा : घर नं २’ आफ्नै देखेको र भोगेको कथा भएको बताएका छन् ।

आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ ।

‘के घर के डेरा स् घर नं २’को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, शनिबार  १० : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।