१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अझैं छ ‘महानायक’ राजेश हमालको क्रेज ?



काठमाडौं
दर्शकसँग साक्षात्कार गर्न ‘महानायक’ राजेश हमाल करिब १० बर्षपछि देशकै धेरै सिट क्षमता भएको हल अष्टनारायण पुगे ।
उनी त्यहाँ पुग्दा करिब १ हजारभन्दै दर्शकले चलचित्र हेरिरहेका थिए । सिनेमा हेरिरहेका दर्शक अगाडी ‘महानायक’ हमाल पुग्दा दर्शकले ताली र सिठ्ठी सहित स्वागत गरे । जहाँ दर्शक महानायक हमालसँग सेल्फी खिच्न तछाड गरिरहेका थिए ।

करिब १० वर्षपछि ‘महानायक’ हमाल अष्टनारायण हल पुगेका थिए । हलमा महानायक हमाल देखेपछि सहभागी र्दशक उत्साहित देखिन्थे ।
हलको स्टेजमा पुगेर महनायक हमाल दर्शक र शुभेच्छुकसँगै समावेश गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’मा नृत्य समेत गरेका थिए ।
‘महानायक’ हमालले अष्टनारायण फकिँर्दा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै १० वर्षपछि यसरी सिंगल स्क्रिन दर्शकमाझ पुग्न पाउँदा पुराना दिन ताजा भएको बताए ।

चलचित्रमा ‘महानायक’ राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

गत जेठ ९ गते शुक्रबारबाट ‘महानायक’ राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ ।
यो सिनेमाले प्रदर्शनको २ दिन शुक्रबार र शनिबार उत्साहजनक सुरुवात गरेको निर्माण पक्षले जानकारी दिएको छ । वितरक करण श्रेष्ठका अनुसार सिनेमाले शुक्रबार बिहानी शोमा ४० प्रतिशत अकुपेन्सी देखिएपनि दिउँसोदेखि साँझमा शोमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको थियो । शनिबार भने बिहानी शोबाट नै नरसिंहा अवतारमा दर्शकको उत्साहजनक साथ मिलेको छ ।

शनिबार काठमाडौं उपत्यकामा मात्रै होइन मोफसलमा पनि ‘महानायक’ हमालको क्रेज हलमा देखिएको वितरक श्रेष्ठले बताए । हलमा दर्शकको चापसँगै दर्शक प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । सिनेमाले उठाएको कथावस्तु, एक्सन पक्ष र महानायक हमालको अभिनय र अर्का अभिनेता श्रेष्ठ तथा अभिनेत्री सनिशा भट्टराईको अभिनयलाई दर्शकले मन पराएका छन् ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।