जनकपुर
धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुध्ने क्रममा मिचाईमा परेर एक जनाको निधन भएको छ ।
मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनका निधन भएको हो ।
उनलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
प्रतिक्रिया