काठमाडौं
ओस्कर अवार्डमा मनोनयन हुन सफल चलचित्र क्याराभान बनाएर चर्चामा आएका निर्देशक एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’को प्रशंसा गरेका छन् ।
हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को प्रतिक्रिया दिदै उनले नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुशी लागेको बताए ।भने, ‘मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ तर यस चलचित्रमा त्यो पाइनँ । चलचित्रमा दृश्यांकनदेखि कलाकारको अभिनयसम्म सबै पक्ष प्रशंसनीय छन् ।”
नेपालका नयाँ फिल्ममेकरहरू अबको नेपाली सिनेमा आशा जगाएको उनको भनाई छ ।
पछिल्लो समय निर्देशक नवीन चौहानद्वारा निर्देशित ‘ऊनको स्वीटर’ ले राम्रो व्यापार गरिरहेको छ । चलचित्रमा अभिनेता विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारको अभिनय रहेको छ ।
स्वतन्त्र समीक्षकहरु र सामाजिक सञ्जालहरुमार्फत सर्वसाधारणहरुले पनि चलचित्रको प्रशंसा गरेका छन् ।
निर्माता संस्था आर्टमाण्डूले चलचित्रले प्रदर्शनको दुई हप्तामा मात्र ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ, जुन हालसम्म निकै माथि पुगेको अनुमान गरिएको छ ।
प्रसिद्ध फ्रेन्च फोटोग्राफर समेत हुन् ।
प्रतिक्रिया