काठमाडौं । नेपालमा पछिल्लो एक हप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
“हामीले नाकामा टिकट सहितको व्यवस्था गरेर चेकजाँच थाल्न निर्देशन दिइसकेका छौँ,” स्वास्थ्य मन्त्रालयले भन्यो । कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीका अनुसार अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइनसकेको बताए ।
प्रतिक्रिया