१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दीपिका पादुकोणलाई चलचित्रको कथा सार्वजनिक गरेको आरोप



काठमाडौँ
बलिउड अभिनेत्री दीपिका पादुकोणलाई आउदो चलचित्र स्पिरिटको कथा लिक गरेको आरोप लगेको छ ।

सुपरहिट चलचित्र कबीर सिंह र एनिमल जस्ता ब्लकबस्टर चलचित्र निर्देशन गरिसकेका सन्दीप रेड्डी वांगाले सो आरोप लगाएका हुन्

दीपिकालाई फिल्मबाट हटाएपछि तृप्ति डिमरीलाई लिएका बांगाले दीपिकाले फिल्मको कथा लिक गरेको आरोप लगाएका हुन् । वांगाले दीपिकाको नाम नलिई उनले चलचित्र छोड्ने बित्तिकै चलचित्रको कथा लीक गरेको आरोप लगाएका छन् ।

वांगाले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘जब म कुनै कलाकारलाई मेरो कथा सुनाउँछु, म उसलाई १०० प्रतिशत विश्वास गर्छु । हामीबीच एउटा अघोषित गैर९प्रकटीकरण सम्झौता हुन्छ । तर यसो गरेर तपाईंले आफू को हुँ भनेर देखाउनु भएको छ । एक युवा कलाकारको अपमान गर्नु र मेरो कथा लीक गर्नु, के यो तपाईंको नारीवाद हो रु एक चलचित्रनिर्माताको रूपमा, मैले आफ्नो कलामा धेरै वर्ष कडा परिश्रम गरेको छु । चलचित्रनिर्माण नै मेरो लागि सबैथोक हो । तर तिमीले यो बुझ्न सकेनौ र बुझ्न पनि सक्ने छैनौ । अर्को पटक पुरै कथा भन्नु, किनकि यसले मलाई केही फरक पार्दैन ।’

वांगाले आफ्नो पोस्टमा दीपिकाको नाम भने उल्लेख गरेका छैनन् तर उनले यो दीपिकाका लागि नै लेखेको स्पष्ट रहेको छ । सन्दीपले आफ्नो पोस्टमा उल्लेख गरेकी युवा अभिनेत्री तृप्ती डिमरी भएको अनुमान गरिएको छ ।

कथा स्पिरिटमा प्रभासको अपोजिटमा दीपिका पादुकोणलाई कास्ट गरिएको थियो । दीपिका गर्भवती भएको कारणले चलचित्र छोड्न चाहन्थिन्, तर सन्दीप रेड्डी वांगाले उनको लागि चलचित्रको छायांकन पनि स्थगित गरिदिए । यसका बाबजुद पनि दीपिकाले चलचित्रमा काम गर्नका लागि धेरै सर्तहरू राखिन्। । उनी ८ घण्टाको सिफ्ट मात्र पाउनुपर्ने, हप्ताको ५ दिन काम गर्नुपर्ने, नाफामा भाग लिनुपर्ने र तेलुगु संवाद नबोल्नुपर्ने लगायतका मागहरू राखेकी थिइन् । अभिनेत्रीको बढ्दो मागबाट असन्तुष्ट सन्दीप रेड्डी वांगाले उनलाई चलचित्रबाट हटाए ।

उनको ठाउँमा तृप्तिलाई चलचित्रमा कास्ट गरिएको छ। यसको आधिकारिक घोषणा पनि भइसकेको छ ।
एभरेष्ट न्यूज एजेन्सी,

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।