खलङ्गा (दार्चुला)
नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहेका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर निधन भएको छ । उनको आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो बाटोमा हिँडिरहेका उनीमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो ।
ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।
प्रतिक्रिया