१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा विपक्षी दलको विरोध, आधा घण्टाका लागि बैठक स्थगित



काठमाडौं । प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर आज पनि विपक्षीहरुले विरोध जनाएका छन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेरअघि मात्रै बैठक सुरु भएको हो । तर बैठक सुरु हुने बित्तिकै माओवादी केन्द्र, राप्रपा लगायतका विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

निरन्तर विपक्षी दलका सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न दिने भन्दै बस्न आग्रह गरेका छन् । तर विपक्षीहरुले यसअघि नै गृहमन्त्रीको राजीनामा माग गरिसकेको भन्दै बोल्न नदिने अडान गरेका थिए ।

सभामुखले निरन्तर आग्रह गरे पनि विपक्षी दलहरुले नमानेपछि बैठक आघा घण्टाको लागि बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।