१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


महानायक राजेश हमाल विना कुनै तडकभडक चलचित्र ‘नरसिंहाः अवतार’को प्रचारमा निस्किए



 

महानायक राजेश हमाल कुनै तडकभडक विना चलचित्र ‘नरसिंहाः अवतार’को प्रचारका निस्किएका छन् । अघिल्ला चलचित्रहरुमा महानायक हमाल बडिगार्डसहित चलचित्र भवन पुग्ने गरेका थिए ।

यस पल्ट महानायक हमाल सामान्य रुपमा नै दर्शकमाझ पुगेर दर्शकसँग कुराकानी गर्ने र सेल्फी खिच्ने गरेको देखिन्छ । चलचित्रको प्रचारका लागि सामान्य रुपमा प्रस्तुत भइरहेको सम्बन्धमा महानायक हमालको सादगीपनको उदाहरण भएको भन्दै प्रशंसा भैरहेको छ ।

महानायक राजेश हमालसहित कलाकारहरुको टोली चलचित्र ‘नरसिंहाः अवतार’को प्रचारका लागि देश दौडाहामा हिडेको हो ।

निर्देशक दीवाकर भट्टराईका अनुसार कलाकारहरुको टिम नेपालको पश्चिमका सहरतर्फ हिडेकोछ । चलचित्रको टिमले आज ‘ नेपालगञ्ज र धनगढीका दर्शकसँग साक्षात्कार गरेको छ । टिम भोलिबाट दाङ, बुटवल, नारायणगढ हुँदै काठमाडौं फर्किने तयारीमा छ । पश्चिम नेपालका दर्शकले पनि महानायक राजेश हमालसहितको टिमलाई न्यानो स्वागतसँगै उच्च साथ र सहयोग मिल्ने अपेक्षा निर्माण टिमको छ ।

सोमबार पूर्वी नेपालमा विभिन्न शहरमा पुगेर दर्शकसँग साक्षात्कार गरेको टिम मंगलबार काठमाडौं फर्केको थियो । पूर्वी नेपालमा इटहरी, बिर्तामोड, दमक, बिराटनगर र धरानका विभिन्न सिनेमा हलमा पुगेको नरसिंहा अवतार टिमले दर्शकको उल्लेख साथ पाएको जानकारी निर्माण नरेन्द्र महर्जनले दिए ।

गत शुक्रबार जेठ ९ गतेबाट महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ प्रदर्शनरत छ । यो सिनेमाले रिलिजको पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार देशभर उत्साहजनक ओपनिङ गरेको थियो । तेस्रो दिन आइतबारबाट पनि सुखद् व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

करिब १० वर्षपछि महानायक राजेश हमाल कुनै सिनेमाका लागि दर्शक साक्षात्कारका लागि मोफसल यात्रामा निस्केका थिए । पूर्वी नेपालमा दर्शकले महानायक हमाललाई न्यानो स्वागत गरेका थिए । पूर्वी नेपालमा हलमा महानायक पुग्दा सेल्फी खिच्न दर्शकबीच तछाडमछाड नै चलेको थियो । त्यही क्रेजलाई ध्यानमा राख्दै नरसिंहा अवतार टिम आज बुधबार महानायक राजेश हमाललाई लिएर पश्चिम नेपालको यात्रामा निस्केको छ ।

क्रियटिभ सिने आट्र्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । सिनेमामा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।