काठमाडौँ
ट्रेड टावरको प्राथमिक शेयर ९आईपीओ० मा आवेदन खुला भएको छ ।
यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
जसमध्ये ३ लाख ९७ हजार १६९।३० कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले बाँकी रहेको ३५ लाख ७४ हजार ५२३।७० कित्तामध्ये १ लाख ९८ हजार ५८४।६५ कित्ता सामूहिक लगानी कोषका लागि र ७९ हजार ४३३।८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ भने बाँकी रहेको ३२ लाख ९६ हजार ५०५।१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
आईपीओका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
यस आइपिओमा आवेदन दिन सकिने अन्तिम मिति जेठ १९ रहेको छ ।








प्रतिक्रिया