२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने



काठमडौं । खानेपानी मन्त्रालयको लागि ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

उनकाअनुसार आगामी आर्थिक वर्षमा ठूला खानेपानीका आयोजना सम्पन्न भइ ३७ प्रतिशत जनसंख्याालई सुरक्षित खानेपानी सेवा उपलब्ध हुनेछ। ९८ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुग्नेछ। मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स विपद् जोखिमको दृष्टिकोणले सुरक्षित स्थानमा पुनर्निर्माण गरिने बताए।

सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने जानकारी दिए। काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गरिनेछ। यसका लागि ६ अर्ब ३७ करोड विनियोजन भएको बताए। आगामी आर्थिक वर्षमा तराई मधेशका २८० अधुरा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरी स्थानीय तहमा हस्तान्तरण गरिने बताए। एक घर एक धारा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिनेछ।

विपदबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरूको मर्मत तथा पुनस्र्थापना गरिनेछ। यसका लागि ४१ करोड विनियोजन गरेको बताए।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।