२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना, महिलाको मृत्यु, चालक घाइते



काठमाडौं

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा शनिबार राति प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको ककनी गाउँपालिका- १ की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल शनिबार राति पौने ८ बजे दुर्घटना भएको हाे। दुर्घटनामा गम्भीर घाइते भएकी उनको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ककनीकै मानबहादुर बलामी घाइते भएका छन्। उनको एपीएफ अस्पतालमै उपचार भइरहेको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।