ललितपुर
वरिष्ठ सर्जक गणेश रसिकको निधन भएको छ ।
नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि ललितपुरमा उपचारको क्रममा रसिकको आइतबार निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए ।
भोजपुरका रसिकले नेपाली गीत, संगीत, साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । रसिकले कथासंग्रह, गीतसंग्रह, उपन्यास जस्ता कैयौं कृतिको सिर्जना गरेका छन् ।
यस बाहेक उनले रत्न रेकर्डिङ संस्थान, सांस्कृतिक संस्थान, साझा प्रकाशन, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाको नेतृत्वमा रहेर काम गरेका थिए ।
प्रतिक्रिया