काठमाडौं । काठमाडौं महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी पाएका विष्णुप्रसाद जोशीले कमाण्ड सम्हालेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले राजु पाण्डेलाई ६ महिनाको लागि निलम्बन गरेसँगै जोशीले जिम्मेवारी पाएका थिए ।
आज उनले महानगर प्रहरी बलको कार्यालय बागदरबारमा सिनियर अधिकृतहरूको बैठक राखेका छन् । बैठकले शहरी सुव्यवस्थापन कायम गर्न महानगर प्रहरी ऐनमा उल्लेखित काम कर्तव्य अधिकार अनुसार गर्ने प्रतिबद्वतासहितको निर्णय गरेको छ ।
जोशीलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रूपमा कामकाज गर्न पत्र दिइएको छ ।








प्रतिक्रिया