ललितपुर । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा माइलालाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ । सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई बुधबार ललितपुरमा रहेको सदर चिडियाखानामा ल्याइएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको “माईला”लाई सौराहाको प्राकृतिक संरक्षण कोषको कार्यालयमा ल्याएर हुर्काइएको थियो ।
वन तथा वातावरण मन्त्रालयले गत वैशाख २४ गतेको सौराहामा हुर्किएका २३ महिनाको “माइला” र ३० महिनाको पोथी गैंडा “पुजा”लाई सदर चिडियाखाना ललितपुर पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बुधबार दुवै गैँडालाई पठाउने तयारी गरिएको भए पनि “पुजा” खोरमा जान नमानेपछि “माईला”लाई एक्लै पठाइएको हो ।
मन्त्रालयको निर्णय अनुसार “पुजा”लाई पनि केही दिन पछि सदर चिडियाखाना पठाईने सूचना अधिकारी थापाले बताए ।








प्रतिक्रिया