काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु २ सय ७४ ग्राम सहित भारत पश्चिम बंगाल घर बताउने ३१ वर्षीय महादेव सामन्तलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया